Websoft University

खांध उत्पादनमा तथा कृषि उपजमा विषादीको प्रयोग कम गर्न उपभोक्ताको माग


काठमाण्डौ असार ३० गते । रातो तारा डट कम,तरकारीमा हुने विषादीको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने पर्वतका सर्वसाधारणहरुले माग गरेका छन् । उनीहरुले भारतीय तरकारीमा मात्रै नभई जिल्ला भित्रका विभिन्न स्थानमा उत्पादन हुने तरकारीमा पनि अनियन्त्रित रुपमा विषादीको प्रयोग हुने गरेको भन्दै सम्बन्धित निकायले यस तर्फ ध्यान दिनुपर्ने बताएका छन् । 

कुश्मा नगरपालिकाले आयोजना गरेको विषादीको नियन्त्रण विषयक कार्यक्रममा बोल्ने सर्वसाधारणहरुले तरकारीको विषादी रोक्न माग गरेका हुन् । कृषि ज्ञान केन्द्रका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बासुदेब रेग्मीले किसानहरुलाई विषादीको प्रयोग सम्बन्धि ज्ञान दिने कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले व्यवसायिक रुपमा तरकारी खेती गर्ने कृषकहरुले विषादीको प्रयोग गर्नुपर्ने बाध्यता जस्तै रहेको तर यसलाई केहि कम गर्ने र विषादीको प्रयोग गरेका तरकारी प्रयोग गरेको कम्तिमा दुई हप्तासम्म बजारमा नपठाउन किसानलाई अनुरोध गर्ने बताउनुभयो । 

आफुहरुले अर्गानिक तरकारी उत्पादन गर्दा बजारमा विक्री नहुने गरेको भन्दै आम उपभोक्ताहरुलाई अर्गानिक तरकारी प्रयोग गर्ने बानी नै नभएको भन्दै दुःख व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर भक्त गुरुङले विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा हुने हानीको बारेमा अवगत गराउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.