Websoft University

पहिरो र डुवानले प्रदेश १ मा ठूलो क्षति, २० जनाको मृत्यु


बिराटनगर असार ३० गते । रातो तारा डट कम, केहि दिन यता देखि निरन्तर भएको वर्षका कारण बाढी र पहिरोले  सबैभन्दा बढी क्षति प्रदेश नम्बर एकमा भएको छ । विभिन्न जिल्लामा गरि २० जनाको मृत्यु भएको छ । बाढी र पहिरोले प्रदेश नम्बर एकका जिल्लाहरु अन्त्यन्तै प्रभावित भएकाछन् ।

प्रदेशका पहाडी जिल्लामा पहिरो र तराईमा डुबानको समस्या भएको छ । प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नम्बर एकका १४ वटा जिल्लामा हालसम्म २० जनाको मृत्यु भइसकेको बताइएको छ । सबैभन्दा बढी भोजपुर र ओखलढुंगामा ५,५ जनाको मृत्यु भएको छ । 

खोटाङमा ३ जनाको मृत्यु भएको छ । झापा र उदयपुरमा २,२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार सुनसरी, इलाम र पाँचथरमा १,१ जनाको मृत्यु भएको छ । बाढीका कारण १६ जना घाइते भएका छन् भने ९ जना हराइरहेका छन् । 

प्रदेश नम्वर १ मा हिजो साँझ बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले मृतकका परिवारलाई प्रति परिवार २ लाख उपलब्ध गराउने निर्णय समेत गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.