Websoft University

नेपाल बन्द नगर्न आयोगको आग्रह

काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,राष्ट्रिय मानवअधिकार आयोगले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयमा नेपाल बन्द नगर्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको कुरा जनाएकोछ ।

 विज्ञप्ति जारी गरी आयोगले एसईई परीक्षा र नेपाल बार एशोसिएसनको निर्वाचन परेकाले चैत १६ गते नेपाल बन्द नगर्न आग्रह गरेको हो । चैत १६ गते माध्यमिक शिक्षा परीक्षामा जनसंख्या तथा वातावरण विषयको परीक्षा परेको छ ।

बन्दले आम नागरिकको स्वतन्त्रपुर्वक हिडडुल गर्न पाउने अधिकार, स्वास्थ्य, शिक्षा, पेशा व्यवसाय र रोजगारी लगायतको अधिकार उपभोगमा बाधा पुग्ने भन्दै आयोगले त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.