Websoft University

अव एन्फाको विधान अनुसार सदस्यले राजीनामा दिएर मात्र मताधिकार सहितको प्रतिनिधि हुन पाउने

काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पनि सदस्य न्यायिक निकायमा उजुरी नगरी अदालत गएमा स्वतः निलम्बन हुने व्यवस्थालाई संशोधन गरेको छ ।

न्यायिक निकायमा जानु पर्दा संघको अनुशासन समिति, सदाचार समिति र पुनरावेदन समितिमा विषय प्रवेश नगराई साधारण अदालत गए स्वतः निलम्बन हुने व्यवस्था एन्फाले नयाँ विधानमा व्यवस्था गरेको थियो ।

विराटनगरमा बसेको एन्फाको साधारण सभाले अदालत गए स्वतः निलम्बन हुने व्यवस्था संशोधन गर्दै अदालत जान नपाउने पुरानै व्यवस्था विधानमा कायम गरेको छ । यस्तै, कार्यकाल सकिएपछि हुने निर्वाचनमा तत्कालिन कार्यसमिति सदस्यले निर्वाचनमा भोट हाल्न नपाउने भएका छन् । 

कार्यकाल पुरा गरेका तत्कालिन कार्यसमितिका सदस्यले राजीनामा दिएर मात्र मताधिकार सहितको प्रतिनिधि हुन पाउने पुरानै व्यवस्थालाई पनि कायम गरिएको  छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.