Websoft University

गुराँस पुूस्तकालयले होराइजन क्रिकेट क्लवलाई २२ रनले पराजित गर्दै उपाधी हात पारेको छ


विराटनगर फागुन ७ गते । रातो तारा डट कम,
लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा गुराँस पुूस्तकालयले होराइजन क्रिकेट क्लवलाई २२ रनले पराजित गर्दै उपाधी हात पारेको छ ।

विराटनर– १९ मा रहेको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुराँसले निर्धारित ५० ओभरको खेलमा ४० ओभरमा सवै विकेट गुमाई १ सय ३७ रनको सामान्य योगफल तयार पारेको छ । जस्मा साकीव हकले ८१ बलमा ६ छक्का र र ६ चौका प्रहार गरि ७७ रन र कुन्दन  यादवले १३ रनको योगदान दिए । होराइजनका दिपेश कडेलले ३ विकेट तथा पुष्प थापा र फिर्दोस अन्सारीले समान २–२ विकेट लिए ।

जवाफमा १ सय ३८  रनकोे सामान्य लक्ष्य पछ्याएको होराइजनले ३१ दशमलव १ बलमा सवै विकेट गुमाएर  १ सय १५ रनमा सिमित भयो । जस्मा पुष्प थापाले ५८  रन र अमूत सिंहले १७ रनकोे योगदान दिए  । गुराँसका म्यान अफ द फाइनल इसान क्षेत्रीले १इ ओभरमा १ मेडन गर्दै २७ रन दिएर ७ तथा कृष्ण मण्डलले २ विकेट लिए । प्रतियोगिताको म्यान अफ द सिरिज र उत्कृष्ट बलर होराइजनका दिपेश कडेल घाषित भए भने उत्कृष्ट ब्याट्सम्यान गुराँसका सिकिव हक, उत्कृट विकेट किपर होराइजनका राजन मगर, उत्कृष्ट फिल्डर गुराँसका मिलन कार्की तथा अनुशासित टिम गुराँस पुस्तकालय घोषित भयो । 

विजय तथा अन्य खेलाडीहरुलाई संघिय साँसद अमनलाल मोदी, प्रदेश साँसद जयराम यादव, लायन्स क्लव अफ विराटनगर यङ हर्टका अध्यक्ष सनातन मण्डल र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष सुनील पौडेललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.