बिराटनगर फागुन ७ गते । रातो तारा डट कम,
वैंकको वढ्दो व्याजदर तथा विमा कम्पनीहरुको सिण्डिकेट पद्धतीका कारण उद्योग-व्यवसाय लगायत सर्वसाधारण समेत मारमा पर्नुका साथै वढ्दो व्याजका कारण उद्योगहरुको उत्पादन लागत वढी प्रतिष्पर्धात्मक क्षमता ह्रास आईरहेको कुरालाई मनन गरी उद्योग व्यवसाय क्षेत्रलाई पुर्नजीवन प्रदान गर्ने उद्देश्यले २०७५ माघ १३ गते सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रीज्यू समेत नेपाल राष्ट्र वैंक विराटनगर कार्यालय मार्फत दुई वुदै मांग राखी सम्वन्धित निकायमा ज्ञापन पत्र बुझाएको जानकारी गराइयो ।
आफुहरूले वुझाएकाे माग २०७५ माघ १७ गते सम्म आफ्ना मांगहरु सम्वोधन गर्न सम्वन्धित निकायको उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले ध्यानाकषर्ण गराएको अन्यथा २०७५ माघ १८ गते देखि प्रथम चरणका विरोधका कार्यक्रमहरु घोषणा गरेको थियो बिज्ञप्तिमा भनिएको छ ।
नेपाल सरकारको समृद्ध नेपाल, सुखि नेपाली र ५ लाख युवाहरुलाई रोजगारी भन्ने स्लोगनलाई नीजि क्ष्ँेत्रले समेत आत्मासात गर्दै नेपाल सरकारको उक्त अभियानलाई सघाउने उद्देश्यले सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा गठित उच्चस्तरीय समितिबाट तयार भएको अन्तिम प्रतिवेदन कार्यान्वयनको पर्खाईमा अर्थ मन्त्रालयमा रहनु र नीजि क्ष्ँेत्रका कुनैपनि माग सम्वोधन नभएको अवस्थामा वैंक तथा वीमा कम्पनीहरुको मनोमानी र सिण्डिकेट पद्धतीको विरुद्धको संगठन र संघको विरोधका कार्यक्रमहरुमा नेपाल उद्योग वाणिज्य महासंघ समेत देशभरिका उद्योग वाणिज्य संघहरुले सहमति र समर्थन जनाई आन्दोलनका कार्यक्रमहरू
घोषणा गरेको थियो ।
कार्यक्रम घोषणा गरेको अवस्थामा सम्माननीय प्रधानमंत्रीज्यूको ध्यानाकर्षण भई, माननीय अर्थ मन्त्री र उद्योग मन्त्रीज्यू, नेपाल राष्ट्र वैकका गर्भनरज्यू, लगायत नेपाल सरकारका तथा सम्वद्ध निकायका उच्च पदस्थ पदाधिकारी एवं संचारकर्मीहरुको उपस्थितिमा २०७५ फागुन ०४ गते वालुवाटारमा सम्पन्न कार्यक्रममा उक्त कार्यक्रमलाई महासंघका अध्यक्ष भवानी राणाज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो ।
संगठन, संघ र महासंघका साथै, सि.एन.आई, नेपाल चेम्वर अफ कमर्श समेतका प्रतिनिधिहरुको तर्फबाट संगठनका अध्यक्ष्ँ भीम घिमिरेले नीजि क्ष्ँेत्रका समस्या प्रस्तुत गर्नु भएको थियो भने मोरंग व्यापार संघका अध्यक्ष्ँ पवन शारडाले धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो ।
नीजि क्ष्ँेत्रका तर्फबाट तयार पारिएको कार्यपत्र प्रस्तुती पश्चात सोही समयमा सम्माननीय प्रधानमन्त्रीज्यूले नीजि क्ष्ँेत्रका मांगलाई तत्काल सम्वोधन गर्न माननीय अर्थ मन्त्रीज्यू र नेपाल राष्ट्र वैंकका गर्भनरलाई निर्देशन दिनु भएको थियो भने सोही समयमा यस अघि सम्माननीय प्रधानमंत्रीज्यूको निर्देशनमा अर्थ मन्त्रालयको नेतृत्वमा नीजि क्ष्ँेत्रका प्रतिनिधिहरु समेत सम्मिलीत गरी गठन गरिएको उच्चस्तरीय कार्यदलले नीजि क्ष्ँेत्रको समग्र विकासलाई ध्यानमा राखी तयार पारेको अन्तिम प्रतिवेदन प्रधानमंत्रीज्यू तथा अर्थ मन्त्रीज्यूलाई कार्यान्वयनको लागि अनुरोध गर्दै हस्तान्तरण गरिएको थियो ।
सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन वमोजिम अर्थ मन्त्रीज्यूको पहलमा, नेपाल राष्ट्र वैंकका गर्भनर, वैंकर्स एशोसिएसन तथा नीजि क्ष्ँेत्रका प्रतिनिधि लगायतको उपस्थितिमा २०७५ फागुन ०६ गते, सोमवार अर्थ मन्त्रालयमा भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष्ँ भवानी राणाले यस अघि गठन भएको उच्चस्तरीय कार्यादलले तयार पारेको अन्तिम प्रतिवेदन कार्यान्वयनका लागि अनुरोध गर्नु भयो ।
अर्थ मन्त्री माननीय डा. युवराज खतिवडाले नीजि क्ष्ँेत्रका २३ मांग मध्ये ११ मांग तत्काल पुरा गर्न सकिने, ६ मांग पुरा गर्न केही समय लाग्ने र अन्य ६ मांग सम्वोधनका लागि अन्य सम्वन्धित क्ष्ँेत्रहरुसंग समेत समन्वय र छलफल गर्नु पर्ने धारणा राख्नु भएको थियो । उद्योग र वैंक एक–अर्काका परिपुरक भएकाले दुवै सहज रुपमा संचालन हुने वातावरण वनाउन अर्थ मन्त्रालय कटिवद्ध रहेको, मौद्रिक नीतिको समिक्षा गरी तरलता, पुर्नकर्जा, एल.सी, वैदेशिक लगानी वढाउने, ठूला भारतीय नोट सटही गर्ने व्यवस्था कायम गर्ने, वीमा नीतिलाई पुनरावलोकन गर्न वीमा समितिलाई निर्देशन दिनुका साथै ठूला संस्थाहरुको निक्ष्ँेपमा दिईरहेको व्याज दररेटलाई रिभ्यू गरिरहेको हुनाले केही समय लाग्ने वताउनु हुदै वैंक, वित्तिय संस्थालाई निक्षेप तानातान नगर्न निर्देशन दिदै छलफलमा आएका विषयहरुलाई आवश्यकता अनुसार पन्द्र दिन भित्रमा पुनरावलोकन गर्दै जाने कुरामा आश्वास्त पार्दै नीजि क्ष्ँेत्रलाई ढुक्क हुन अनुरोध गर्नु भएको छ ।
नेपाल राष्ट्र वैंकका गर्भनर डा. चिरन्जीवी नेपालले उद्योगी÷व्यवसायीको कुरा गम्भीरताका साथ लिएको अन्तराष्ट्रिय रुपमा देशको आर्थिक अवस्था हेर्नु पर्दा वैंकलाई हेरिने भएकाले नीजि क्ष्ँेत्रको समग्र विकासमा नेपाल राष्ट्र वैंक कटिवद्ध रहेको वताउनु भएको छ । विगत दुई वर्ष देखि आर्थिक वृद्धि दर वढने क्रममा रहेकाले सोही अनुपातमा कर्जाको माग वढने क्रममा रहेकाले दबकभ चबतभ अबउष्तब िmभतजयम चभखष्कभ गर्ने र म्ष्कअयगलत ीऋ मा च्भखष्कष्तष्लन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । वैंकहरुले लगाएको सर्भिस शुल्कलाई अध्ययन गरि हटाईने, उद्योगले सहज र सरल तरिकाले कर्जा प्राप्त गर्ने वातावरण वनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
अर्थ मन्त्रालयमा २०७५ फागुन ०६ गते सम्पन्न छलफलमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष्ँ चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष्ँ हरिभक्त शर्मा र वैंकर्स एशोसिएसन ज्ञानेन्द्र ढुंगानाको प्रस्तुती प्रति हामीलाई आपति छ, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष्ँ चन्द्र ढकालले जिम्मेवार पदमा रहेर नीजि क्ष्ँेत्रको प्रतिनिधित्व गर्दै नीजि क्ष्ँेत्रको भावना र मर्म विपरित भएको प्रस्तुती प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र यस सम्वन्धमा महासंघको अध्यक्ष श्री भवानी राणाज्यू, सम्पूर्ण पदाधिकारीज्यूहरु र केन्द्रिय समितिलाई सम्वेदनशिल भई दिन अनुरोध गर्दछौं ।
हिजो मिति २०७५ फागनु ०६ गते अवेर सम्म वसेको नेपाल राष्ट्र वैंकको मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा वैठकबाट हाम्रा समस्यालाई सम्वोधन गर्ने प्रयत्न भएको भन्ने वुझिएको र सोले मात्र दीर्घकालिन समाधान दिन नसक्ने ठहर नीजि क्ष्ँेत्रको रहेको हुदा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थ मन्त्रीज्यू, नेपाल राष्ट्र वैंकका गर्भनरज्यूलाई थप गम्भीर हुन हार्दिक अपिल सहित अनुरोध गर्दछौं ।
मिति २०७५ फागनु ०४ गते प्रधानमंत्री निवास वालुवाटारको सभाकक्षमा भएको कार्यक्रममा सहयोग पु¥याउने संचारकर्मी मित्रहरु सहित सबै पक्षलाई हार्दिक धन्यवाद सहित सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय अर्थ मन्त्रीज्यूले दिनु भएको निर्देशन र प्रतिवद्धता प्रति हाम्रो तर्फबाट विशेष आभार व्यक्त गर्दै निर्देशित कुराहरुको कडाईका साथ सफल कार्यान्वयनको जोडदार माग गर्दछौं ।
Post a Comment