Websoft University

अखिलले मंगलबार त्रियुगा बहुमुखी क्याम्पस मोतिगडास्थीत क्याम्पसको कार्यकक्ष घेराऊ गरे

श्याम राई-उदयपुर-गाईघाट, फागुन ७ गते ।
रातो तारा डट कम, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको माघ गर्दै दुई अखिलले मंगलबार त्रियुगा बहुमुखी क्याम्पस मोतिगडास्थीत क्याम्पसको कार्यकक्ष घेराऊ गरेकाछन् ।

स्ववियु निर्वाचनको मिती र चुनाव तालिका तत्काल सार्वजनिक माग गर्दै अखिल र अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख रमेश रोक्काको कार्यकक्ष घेराऊ गरेको हो । दुबै अखिलका विद्यार्थीहरुले नारा जुलुस गर्दै विहान ९ बजे प्रमुखको कार्यकक्ष अगाडी केही समय धर्ना दिई कोण सभा समेत गरेका थिए ।

कोण सभामा क्रान्तिकारी अखिलका अध्यक्ष विमल कार्की र अखिलका सचिब भुवन दाहालले त्रिविविले नेपाल विद्यार्थी संघको दबाबमा स्ववियु निर्वाचनको मिती घोषणा नगरेको आरोप लगाए ।

उनीहरुले त्रिविविले तत्काल स्ववियु चुनाबको मिति घोषणा नगरे तत्काल क्याम्पसको सहमतीमा स्ववियु चुनाव घोषणा गरेर जाने बताए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.