इटहरी, फागुन ७ गते । रातो तारा डट कम, सुनसरीको इटहरीमा भोली फागुन ८ गते वुधवारदेखि सञ्चालन हुने यामाहा महा मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
मेला आयोजक इटहरीको चर्चित यामाहा शोरुम तिरुपति अटोसिटीका सञ्चालक संयोग पराजुलीले महा मेलाको भव्य तयारी भएको जानकारी दिए ।
पराजुलीका अनुसार यामाहा महा मेला प्रदेश १ कै पहिलो
हो । यामाहा महा मेला भव्यरुपमा सफल प्रचार–प्रसारलाई व्यापक बनाइएको छ । चोक चोकमा माइकिङ्ग, पम्प्लेटिङ्ग, साथै विभिन्न ठाउँमा होर्डिङ्ग टाङ्गने काम भइरहेको छ । इटहरी पश्चिमलाइन इटहरी मेडिकल हल छेउमा स्टल निर्माण, मन्च निर्माणको काम भइरहेको पराजुलीले जानकारी दिए ।
एउटै छातामुनि बिभिन्न कम्पनिका मोटरसाइकल तथा स्कूटर एक्स्चेन्ज गर्नु रहेको छ । कुनै पनि ब्राण्डको पूरानो बाइक तथा स्कूटरको न्यूनतम मूल्यांकन ३० हजार हुने, कुनै पनि ब्राण्डको पूरानो बाइक तथा स्कूटरको प्रचलित बजार मूल्यभन्दा रु. १० हजार थप मूल्यांकन, प्रत्येक मोटरसाइकल तथा स्कूटर खरिदमा ६ हजार छुटको सुविधा, न्यूनतम व्याजदरमा फाइनान्स सुविधा यामाहा महा मेलामा पाइने सुविधा हुन् । बाइक कभर, हेल्मेट, स्पोर्ट व्याग, ग्लोवस्, लेगार्ड, म्याट मेलामा पाइनेछ ।
सांगीतिक र मनोरञ्जनका साथमा फ्रि चेकअप क्याम्प, स्लो वाइक रेस, फेस पेन्टिङ्गको सुविधामा पनि मेलामा उपलब्ध हुनेछ । साथै डोर प्राइज अन्तर्गत महा मेला भिजिटर प्रत्येक दिन लक्की ड्र मार्फत १ लाख बराबरको दुर्घटना विमा पनि गर्न सकिनेछ । यामाहा महा मेला फागुन ११ गतेसम्म सञ्चालन हुनेछ ।
Post a Comment