शिव भट्टराई मोरङ ७ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ७ मा फागुन ४ गते देखि तेस्रो सुन्दरहरैचा एक्स्पो आयोजना भईरहेको छ ।
उक्त एक्स्पो फागुन १२ गते सम्म सञ्चालनमा आउने एक्स्पो व्यवस्थापनका सयोजक किशोर कार्किले बताएका छन ।
फागुन ४ गते देखि शुरु भएको उक्त एक्स्पोमा दुई दिन सम्म दर्शकको भिडमा केही कमि आएको थियो भने आज तेस्रो दिन देखि एक्स्पोमा दर्शकको भिड केही मात्रामा बढ्न थालेको एक्स्पो व्यवस्थापनका सहसयोजक नागेश पोखरेलले बताएका छन ।
दुई दिन सम्म एक्स्पोमा दर्शकहरु नआएपछी आज बिहान एक्स्पो व्यवस्थापन समितिले एक्स्पोमा आएका व्यापारिहरु सग छलफल समेत गरेको थियो ।
उक्त छलफल बाट आयोजकले दर्शकको भिड बढाउन दिउँसो ४ भजे सम्म एक्स्पो भित्र प्रवेश गर्न प्रवेश शुल्क निशुल्क गरेको एक्स्पो व्यवस्थापनका सचिव जीवन ढुंगानाले बताएका छन ।
उनले एक्स्पो व्यापारिक हितका लागि आयोजना गरेको हुदा व्यापारिहरुको सहमतिकै आधारमा आज देखि प्रवेश निशुल्क गरेको समेत बताएका छन ।
आयोजकले प्रवेश निशुल्क गरेपछी एक्स्पो हेर्न आउने दर्शकको भिड आज देखि केही मात्रामा बढेको छ ।
एक्स्पोको मुख्य आकर्षक रहेको हेलिकप्टर टुरमा समेत उल्लेख्य मात्रामा मानिसहरुले हेलिकप्टरमा चढेर स्थानिय ठाउहरुको अवलोकन गरेका छन भने ४० जना भन्दा बढी मानिसहरुले ताप्लेजुङको पाथिभरा जानको लागि हेलिकप्टरको टिकट बुकिङ गरिसकेको तर मौसमको कारण हेलिकप्टर ताप्लेजुङ सम्म जान नसकेको आयोजकले बताएको छ ।
एक्स्पोमा जुम्लामा उत्पादन हुने मार्सी चामल, महिला उघमीहरुको उत्पादन, अचार, चिया, मह जस्ता सामाग्रीहरु प्रति अवलोकनकर्ताको आकर्षण बढेको छ । बजार भन्दा सस्तो दरले सामाग्रीहरु बिक्रीमा राखिएको कारण पनि सामान खरिद गर्न सर्वसाधरण एक्स्पोमा आउने गरेको आयोजक उघोग बाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष किशोर कार्कीले बताए ।
Post a Comment