Websoft University

लोकतन्त्र विरुद्धको क्रियाकलाप सह्य नहुने प्रधानमन्त्रीको भनाइ


काठमाण्डौ फागुन ७ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र विरुद्धको कुनै पनि क्रियाकलाप सह्य नहुने बताउनुभएको छ । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले टुंडिखेलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले लोकतन्त्र विरुद्धका कुनै पनि कुरालाई छुट नदिइने बताउनुभयो ।

देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा नकारात्मक प्रवृत्ति पनि प्रतिबिम्वित भएको भन्दै उहाँले लोकतन्त्रिक प्रकृयामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्नेजस्ता गतिविधिहरु निन्दनीय रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

राजनीतिक रङमा रंगिएका भएपनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुस्प्रयास स्वीकार्य हुन नसक्ने उहाँको भनाइ थियो । यस्ता गतिविधि गर्ने विरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुने चेतावनी प्रधानमन्त्रीको थियो । सरकार अधिनायकवादलाई परास्त गर्दै अविकासका विरुद्ध केन्द्रित भएको भन्दै प्रधानमन्त्री ओलीले आर्थिक विकास र सामाजिक न्यायसहितको लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा अग्रसर रहेको प्रधानमन्त्रीले बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.