Websoft University

सल्लाको काठ र दाउरा बरामद



काठमाण्डौ फागुन ८ गते । रातो तारा डट कम,सल्यानमा एक ट्याक्टर सल्लाको काठ र दाउरा बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय सितलपाटीले गस्तीको समयमा शारदा नगरपालिका १२ डाँग्रीबाट सल्लाको काठ र दाउरा सहित एकट्याक्टरलाई पक्राउगरेकोहो।

आवश्यक अनुमती र प्रक्रिया विपरित डाँग्रीबाट श्रीनगरतर्फ ल्याउदैँ गरेको काठ र दाउरालाई प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको काठ, दाउरा र ट्याक्टरलाई डिभिजन बन कार्यालय सल्यानको जिम्मा लगाएको छ ।

सहायक बन अधिकृत हरी बहादुर थापाले काठ, दाउरा, ट्याक्टरसँगै चालकपनि बन कार्यालयको नियन्त्रणमा रहेको बताउनुभयो । उहाँले यस बिषयमा थप अनुसन्धान गरेर आबश्यक कानुनी कारबाही प्रक्रिया अगाडी बढाईने बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.