बिराटनगर फागुन ६ गते । रातो तारा डट कम, प्रदेश नम्बर १ को राजधानी विराटनगरमा फागुन १५ गतेदेखि १० दिनसम्म अन्तराष्ट्रिय नाटक महोत्सव आयोजना हुने कुरा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष भैरव क्षेत्रीले
बताएका हुन ।
विराटनगरको आरोहण गुरुकुलको सुशीलका कोइराला नाटक घरमा एसियाका ६ देशका कलाकारले नाटक प्रदर्शन गर्नेछन् । आरोहण गुरुकुलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले भने,आरोहणसहित ६ देशको प्रतिनिधित्व हुनेछ ।
यसमा बंगलादेश,इटाली,श्रीलंका,भारत, अफगानिस्तान र नेपालका कलाकारले नाटक देखाउने क्षेत्रीले जानकारी दिए । नाट्य क्षेत्रलाई जीवित राख्न र जनमानसमा यसप्रतिको आकर्षणलाई बुझाउन महोत्सव गर्न लागिएको आरोहण गुरुकुलले जनाएको छ ।
विराटनगर महानगरपालिको संरक्षण रहेको महोत्वसका लागि करिब २२ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । महोत्वसमा एकसय कलकारकाले आफ्नो प्रस्तुति दिनेछन् ।
महोत्वसको सुरुवात आरोहणले विराट पर्व नामक नाटकबाट हुनेछ । यो नाटक विराटनगरको भेडियारीमा अवस्थित विराट राजाको दरबारको ऐतिहासिकतासँग जोडिएको कथावस्तुमा आधारित नाटक हो । बङ्गलादेशबाट ‘मातब्रिङ’,इटालीबाट ‘डिसापारासिड ओएस ४३’,भारतबाट चम्पावती’,श्रींलकाबाट ‘लभ एण्ड लाइफ’, आफगानिस्तानबाट‘ता राहाये’ नामक नाटक मञ्चन हुनेछ ।
झोराहाट नाट्य समूह, परिवर्तन थिएटर काकरभिट्टा, थिएटर नेपाल उदयपुर र कदम थिएटर दमकको पनि प्रस्तुति रहने कलाकार अशोक गौतमले बताएका छन् ।
भने,‘‘महोत्सवमा स्थानीय थिएटरको सहभागिता लाई पनि जोड दिइएको छ ।’अन्तर्राष्ट्रिय महोत्सवले पूर्वका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएकोछ ।

Post a Comment