शिव भट्टराई - सुनसरी फागुन ६ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा वडा नं ७ स्थित गछियामा तेस्रो सुन्दरहरैका एक्सपोको आज तीन दिन भएको छ।उक्त एक्स्पोको सास्कृतिक कार्यक्रममा पहिलो दिन गायक प्रमोद खरेल दोश्रो दिन गायक राम कृष्ण ढकाल र हास्य कलाकार मनोज गजुरेलको प्रस्तुती रहेको थियो भने आज साझको सास्कृतिक कार्यक्रममा गायीका आस्था राउतको प्रस्तुती रहने आयोजकले बताएको छ ।
फागुन ४ गते देखि फाउन १२ गते सम्म ९ दिन सञ्चालनमा आउने एक्स्पोमा प्रत्येक दिन दिउँसो २ बजे देखि राष्ट्रिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आगोजकले बताएको छ ।
औधोगिक उत्पादनका वस्तुहरु, कृषी उत्पादनका वस्तुहरु , सुचना प्रविधि, वैकल्पिक उर्जा , घरायसि सामाग्री,अटोमोबाइल्स्, बैक तथा वितिय सस्था,लुब्रीकेन्ट्स र पार्टसका सामाग्रीहरुको पर्दशन रहेको उक्त एक्स्पोमा आयोजकले १८५ वटा भन्दा बढी स्टलहरु भएको एक्स्पो सयोजक किशोर कार्किले बताएका छन ।
एक्स्पोलाई सफल पार्न एक्स्पोको मुख्य प्रायोजक पिएलओ लुब्रीकेन्ट्स रहेको छ भने सह प्रायोजक पाथिभरा कंक्रीट इन्ड्रस्ट्रीज प्रा.लि. रहेको छ भने विशेष सहयोगी सुन्दरहरैचा नगरपालिका रहेको आयोजकले बताएको छ ।
आयोजकले पहिलो दिन प्रवेश निशुल्क गरेको थियो भने दोश्रो दिन देखि टिकट सिस्टमको व्यवस्था गरेको छ ।
उक्त एक्स्पोमा दोश्रो दिन करिब १ लाख ५० हजार को कारोबार भएको आयोजकले बताएको छ ।
Post a Comment