सुनसरी, फाल्गुन ६ गते । रातो तारा डट कम,सुनसरीको गढी गाउँपालिका-१ शिव मन्दिर नजिक आइतवार पिताम्बर चौधरीको घरमा ट्याक्टरको ट्रलीले किचेर चालकको मृत्यु भएको छ । चौधरीको घरको आगनमा को २ त ६७५० नम्बरको ट्याक्टरमा सिमेन्ट र रड अनलोड गर्ने क्रममा ट्याक्टरको हाईड्रोलिक बिग्रिएर बनाउन खोज्दा ट्याक्टरको ट्रली खसेर किच्दा सोही ट्याक्टरका चालक ( साहुजी) दुहबी नगरपालिका-११ तनमुना बस्ने बर्ष ४० को धिरेन्द्र चौधरीको घटना स्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा तत्काल इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि पठाईएको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment