काठमाण्डौ,फागुन ७ गते । रातो तारा डट कम,उखुको बक्यौता अनुदान रकम माग गर्दै सर्लाहीका किसानले आन्दोलनमा उत्रेका छन् । गत सिजन २०७४÷०७५ मा सरकारबाट प्राप्त हुुनुपर्ने अनुदान रकम बापतको प्रति क्विन्टल ६५ रुपिँया २८ पैंसा तथा चिनी उद्योगहरुले बक्यौता राखेको प्रति क्विन्टल पाँच रुपैँया ३६ पैंसा यथाशीघ्र भुक्तानि गर्नुपर्ने जस्ता मागहरु राखेका छन ।
किसानलाई बक्यौता रकम उपलब्ध गराउन असहयोग गर्ने कृषि मन्त्रालयका कर्मचारी लाईलाई कारवाहीको माग गर्दै किसानले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनको पहिलो दिन जिल्लाका विभिन्न स्थानबाट भेला भएका किसानहरुको सहभागितामा उखुको लाक्रसहित प्रदर्शन गरिएको थियो भने आज पनि प्रर्दशन जारी राख्ने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।
हरिवन चौकदेखि इन्दुशङ्कर चिनी उद्योगसम्म निकालिएको ¥यालीमा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रती, स्थानीय जनप्रतिनिधी, सर्लाही र आसपास जिल्लाका उखु किसानका नेता र जिल्लाका उखु किसानहरुको उपस्थिती रहेको थियो । आन्दोलनको कार्यक्रम अनुसार किसानले भोली दिउँसो एक बजदेखि दुई बजेसम्म र पर्सी दिउँसो एक बजदेखि तीन बजेसम्म हरिवनमा पूर्व–पश्चिम राजमार्ग ठप्प पार्ने बताएका छन् ।
सरकारले सदरमुकामस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा अनुदान रकम पठाएपनि कृषि मन्त्रालयका केही कर्मचारीको गतल नियतका कारण अनुदान रकम लिने प्रक्रिया झन्झटिलो बनाइएको किसानहरुले गुनासो गरेका छन् ।
रकम प्रक्रिया लिने प्रक्रिया सहज बनाएर किसानलाई तत्काल बक्यौता रकम भुक्तानि गर्न माग गर्दै एक हप्ता समय दिएर ज्ञापन पत्र बुझाउँदा समेत सरकारले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको अगुवा उखु किसान राजकुमार उपे्रतीले बताउनु
भयो ।
Post a Comment