Websoft University

लागूऔषध गाँजा सहित १ पक्राउ

{फायल फोटो}
सुनसरी, मंसिर २४  गते । रातो तारा डट कम, सुनसरीको ईटहरी उप-महानगरपालिका-४ बसन्त टोलबाट प्रहरीले गए राती लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा सहित ईलाम सन्दकपुर गाउँपालिका-४ बस्ने बर्ष १८ को रोशन गुरुङलाई पक्राउ गरेको हो ।

राती १२:५० बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका गुरुङलाई चेकजाँच गर्ने क्रममा २ सय ग्राम लागूऔषध गाँजा फेला पारी बरामद गरिएको हो । गाँजा सहित पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.