Websoft University

सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार, एपिएफ र च्यासल बिजयी


काठमाण्डौं,मंसिर २3 गते । रातो तारा डट कम,सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा थ्री स्टारले जावलाखेललाई २–० गोल अन्तरले हराएको हो । थ्री स्टारको जितमा दुवै गोल रजिन धिमालले गर्नुभयो ।

जितसँगै थ्रीस्टारले शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्न सफल भएको छ । यद्वपी मनाङले थ्री स्टार भन्दा एक खेल कम खेलेको छ । थ्री स्टार १८ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जावलाखेल ४ अंक सहित तालिकाको १२ औ स्थानमा छ । यसअघि आजै भएको अर्को खेलमा एपीएफले सरस्वती युथ क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले सरस्वतीलाई ३–० गोल अन्तरले हराएको हो ।

यस्तै हलचोक मैदानमा भएको खेलमा च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा फ्रेन्ड्सलाई ३–१ ले पराजित ग¥यो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.