Websoft University

ईपीएल क्रिकेटः आज दुई खेल हुँदै,


{फयाल्फोटो} 


काठमाण्डौं,मंसिर २९ गते । रातो तारा डट कम,तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत आज दुई खेल हुँदैछ । टियु क्रिकेटमा मैदानमा हुने आजको पहिलो खेलमा भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स इलाभेनबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोलीबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । काठमाडौंविरुद्ध मैदान उत्रदा भैरहवा लगातार चौथो जितको खोजीमा हुनेछ । दुई खेल अगावै प्ले अफमा पुगेको भैरहवा जित निकाल्दै शीर्ष दुई स्थानमा रहने प्रयासमा हुनेछ । दोस्रो स्थानमा रहेको भैरहवाले ३ खेलबाट ६ अंक जोडेको छ ।

यस्तै आनै हुने दोस्रो खेलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल अपरान्ह १ बजेबाट सुरु हुनेछ । चितवनले ४ खेलबाट २ अंक जोडेको छ । अघिल्ला चार खेल गुमाएर प्ले अफबाट बाहिरिएको पोखराले एक अंक पनि जोड्न सकेको छैन  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.