Websoft University

नेकपा स्थायी कमिटी बैठक आज बस्दै



काठमाण्डौं,मंसिर २९ गते । रातो तारा डट कम,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ । झण्डै पाँच महिनापछि बस्न लागेको बैठकमा सचिवालयले प्रस्तुत गर्ने ‘एजेन्डा’ माथि छलफल हुने जनाइएको छ ।

दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्नुअघि सचिवालयको बैठक बसेर एजेन्डाको बारेमा निर्णय गर्नेछ । यसअघि विभिन्न चरणमा बसेको सचिवालय बैठकले गरेका निर्णयहरुलाई समेत राखेर बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी भईरहेको छ ।

सो प्रतिवेदनमा सचिवालयले गरेका निर्णय, सरकारले गरेका काम कारवाही, पार्टी एकीकरणका लागि भएका कार्यहरु, सङ्गठन निर्माण लगायतका विषयमा समावेश रहने बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.