Websoft University

सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न

फायलफोटो-

मोहन कुमार राई-मंसिर २९ गते । रातो तारा डट कम, संखुवासभा-चैनपुर नगरपालिकाले एक समारोहका विच आफ्ना गतिविधि सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको
छ । चैनपुरको दिलकुमारी स्मृती हलमा भएको  जिल्ला समन्वय समिति संखुवासभाका उप प्रमुख अम्बिका खवासको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिध , सामाजिक संघ सस्थाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि समाजसेवी लगायतको उपस्थिति रहेको कार्यक्रममा चैनपुर नगरपालिका उप प्रमुख मुना श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमका सभापति नगर प्रमुख भरत कुमार खत्रीले चैनपुर नगरपालिकाको गतिविधिको बारेमा वोल्नुभएको थियो ।  नगरपालिकाको आर्थिक विकासमा रु ३ करोड ३३ लाख, ८१ हजार, पूर्वधार विकासमा १६ करोड ८८ लाख ५६ हजार, वातावरण तथा विपत व्यवस्थापनमा ९ लाख, संस्थागत विकास तथा सेवा प्रवाहमा ५४ लाख ८५ हजार, कार्यालय सञ्चालन तथा सेवा प्रवाहमा ७ करोड २१ लाख ९ हजार  क्षेत्रगत व्यय अनुमान गरिएको छ । ५३ करोड ७५ लाख १० हजार कुल बजेट बाट नगरपालिकाले मंसिर मसान्त सम्मको पुँजीगत तर्फ ६.५३ प्रतिशत, चालु तर्फ २६.८४ प्रतिशत खर्च भएको जनाएको छ ।

नगरपालिकाले ६ वटा ऐन, ४ नियमावली, ९ वटा कार्यविधि निर्माण भई राजपत्रमा छपाईको क्रममा रहेको, विपत व्यवस्थापन, पिलुवा खराङ्ग चैनपुर नुनढाकी हुँदै गुफा जोडने ट्रयाक ओपन, मन्दिर पुन निर्माण, भुकम्प मापन केन्द्र निर्माण, वसपार्क व्यवस्थापन, वृहत खानेपानी आयोजना व्यवस्थापन, चैनपुर पोखरी सडक कालो पत्रे गर्ने अन्तरदेशीय तथा प्रदेश नं. १ स्तरीय पर्यटन तथा धार्मीक पदयात्रा मार्ग अन्तरगत तीनजुरे मिल्के गुफापोखरी हुँदै नुनढाकी चैनपुर मनकामना पर्यटनमार्ग निर्माण लगायतको विकासे प्रयासहरु भईरहेको समेत सार्वजनिक गरेको छ ।

संखुवासभा बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष्त उमेशकुमार डाँगी, नेपाली काँग्रेस प्रतिनिधि कुमारबाबु अधिकारी, लगात कार्यक्रममा उपस्थित महानुभावहरुले सार्वजनीक सुनुवाईमा सुझावहरु दिएका थिए ।  पशु विकास, दुग्धजन्य उत्पादन, लगायत सम्भाव्य कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, चैनपुर पोखरी सडक कालोपत्रे गर्न भएको ढिलाईको बाधाअडचन फुकाई चाडो कामलाई अघि बढाउनु पर्ने, अनुत्पादक क्षेत्रमा भन्दा उत्पादन क्षेत्रमा बजेट विनियोजन गरिनुपर्ने, सामुदायीक विद्यालयहरुलाई आकर्षणको विन्दु बनाइनुपर्ने पर्यटकीय स्थलहरुको पहिचान गरी विकास प्रक्रिया अघि बढाउन सुझावहरु दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.