विराटनगर १८ गते ।
रातो तारा डट कम,विराटनगर महानगरले कोशी अञ्चल अस्पताललाई पाँच थान एसि प्रदान गरेको छ । अस्पताललाई सुधार गर्ने अभियानमा सरिक हुनुभएका मेयर पराजुलीले केहिसमय अगाडी बच्चा वार्ड र प्रसुति गृहमा एसि दिने घोषणा गर्नु भएको थियो ।
सोहि घोषणा कार्यान्वयन गर्दे मेयर पराजुलीले मंगलवार एक कार्यक्रमको आयोजना गरी एसी हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर पराजुलीले सवैको सहयोग रहे कोशी अञ्चल अस्पतालले सवै सेवा प्रबाह गर्न सक्ने बताउनु भयो ।
अस्पतालमा सबैको पहुच पुग्ने गरी विकास र उपलब्ध साधन भित्राउन स्थानीय ,प्रदेश र संघीय सरकार सकारात्मक हुन आबश्यक रहेको औल्याउनु भयो । महानगरले उपलब्ध गराएको एसी बुझ्दै अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रोशन पोखरलेलले स्थानीय सरकारको तर्फबाट भएको सहयोगको प्रशंसा गर्नु भयो ।
सवैले मेरै अस्पताल हो भनेर काम गर्न सके अञ्चल अस्पतालले सेवाप्रबाह सहज रूपमा गर्न सक्ने बताउनु भयो । यस्तै अस्पताल परिसरको सडक व्यवस्थापनमा समेत मेयर पराजुलीले अग्रसरता लिएर पिच गर्ने काम सम्पन्न गर्नु भएको छ । कार्यक्रममा वार्ड नं ७ का वडाध्यक्ष मधुबावु तिवारी,अञ्चल अस्पतालको प्रसुती विभाग प्रमुख डा. संगिता मिश्र ,प्रशासन प्रमुख नबराज लुइटेल लगायतको सहभागिता रहेको थियो ।

Post a Comment