मोरङ, मंसिर १८ गते । रातो तारा डट कम,
मोरङको उर्लावारी नगरपालिका-६ मा रहेको उर्लावारी-मधुमल्ला भित्री सडक खण्डको हाटखोला बजारमा गए राती मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
आज बिहान ३ बजे को १९ प ४४७५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक सोही स्थान बस्ने बर्ष ३०
को बोरिश धिमाल र पछाडी सवार बर्ष २५ को अमित धिमाल गम्भीर घाइते भई उपचारको लागि अरनीको अस्पताल उर्लाबारी हुदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मोटरसाईकलको पछाडी सवार अमित धिमालको बिहान सवा ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Post a Comment