Websoft University

मोटरसाईकल चोरीमा संलग्न ५ जना पक्राउ

{फायल फोटो}

सुनसरी, मंसिर १९  गते । रातो तारा डट कम,सुनसरीको गढी गाउँपालिका-१ मधेलीबाट प्रहरीले सोमवार मोटरसाईकल चोरीमा संलग्न ५जनालाई पक्राउ गरेको छ । चोरीको आरोपमा प्रहरीले सोही स्थान बस्ने बर्ष १८ को दामोदर चौधरी, बर्ष २३ को विनोद कुमार चौधरी र बर्ष १८ को मनिष चौधरीलाई पक्राउ गरिएको हो।

उनीहरुलाई सुनसरी इटहरी-५ बस्ने कमल बहादुर महल्दारको को २७ प ८८७६ नम्बरको मोटरसाईकल चोरी गर्दै गरेको अवस्थामा फेला पारी रंगेहात पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई अनुसन्धान गर्ने क्रममा मोटरसाईकल चोरीमा संलग्न अन्य व्यक्तिहरु पनि संलग्न रहेको खुल्न आए पछी खोजतलासमा खटिएको प्रहरी टोलीले राती पौने १२ बजेको समयमा गढी गाउँपालिका-१ मधेली बस्ने बर्ष २० को शनिदेवल चौधरी र बर्ष २३ को सरगम चौधरीलाई चोरीको को ८ प ६२७० र को २९ प ८९३६ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जना उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.