Websoft University

आगलागीबाट डेढ लाखको क्षति

[फायल फोटो]
मोरङ, मंसिर २० गते । रातो तारा डट कम,मोरङको रंगेली नगरपालिका-२ माझी टोल बस्ने राजु सुनुवारको घरमा आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । साँझ साढे ७ बजेको समयमा केटा-केटीहरु मैनबत्ती बालेर छिमेकीको घरमा टिभी हेर्न जाने क्रममा सुनुवारको फुसको छानो भएको घरमा आगलागी भएको थियो ।

आगलागीबाट घर तथा घर भित्र रहेका सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ । घटनास्थलमा अस्थाई प्रहरी चौकी बेतौनाबाट प्रहरीको टोली खटि गई स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.