Websoft University

हरितारा चलचित्र पुरस्कार, लय संग्रौला र रेखाथापालाई


काठमाण्डौं मंसिर १८ गते । रातो तारा डट कम,नेपाली रंगमञ्च,टेलिभिजन तथा चलचित्रका लागि संरक्षण÷सम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पु¥याए वापत श्री लय संग्रौलालाई र रेखा थापालाइ सम्मान गरियो ।

चलचित्रमा आफ्नो अभिनय कला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन मार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए वापत श्री रेखा थापालाई हरितारा चलचित्र पुरस्कार –२०७५,बाट सम्मान कदर पत्र सहित जनही २५ हजार नगदबाट सम्मान गरिएकोछ ।

सम्मानित व्याक्तितवहरुमा,अन्तराष्ट्रिय टेनिश खेलाडी मायांका राणा र माहिका राणा तथा
नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, प्रथम रंगीत नेपाली चलचित्रकी नायिका चैत्य देवी, प्रथम हास्यअभिनेत्री बसुन्धरा भूसल समेत रहनु भएकोछ ।

त्यसैगरि परिवर्तन नेपालले गतसाल देखि स्थापना गरेको श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार–२०७५,सम्मान पत्र तथा नगद राशी जनही १० हजार सहित ३ दशक देखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पु¥याए वापत अभिनेता श्री उत्तम केसीलाई र नेपाली रंग पत्रकारिता मार्फत ३ दशक भन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए वापत श्री विजय रत्नतुलाधरलाई श्रीमती सावित्री कोइरालाको हातबाट बितरण गरिएको थियो ।

अभिनेता निर्देशक श्री रामकाजि घिमिरे,नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका श्री शोभिता सिंखडालाई परिवर्तन सम्मान,२०७५ बाट सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक÷निर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ तथा वरिष्ट चलचित्र पत्रकार÷गीतकार शान्तिप्रिय रहेका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.