Websoft University

राजेन्द्र महतोको पार्टि सरकारमा सहभागी हुने



कुमोद अधिकारी विराटनगर-मंसिर २६ गते ।राष्ट्रिय जनतापार्टी अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफनो पार्टि सरकारमा सहभागी हुने कुनै संभावना  नरहेको वताउनु भएको छ ।

 विराटनगरमा आज संचारकर्मीसग कुरागर्दै उहाले संविधान संशोधन र रेशम चौधरी लगायत मधेश आन्दोलनमा पक्राउ परेका वन्दीहरुको रिहाई नभएसम्म राजपा सरकारमा सहभागी नहुने प्रष्ट पार्नुभयो  । उहाले मधेशको मागलाई थाती राखेर सरकारमा जानुको अर्थ नरहेको वताउनुभयो ।

 राजपाले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरेको भन्दै सरकारको राम्रो कामलाई समर्थन गर्नै र नराम्रा कामलाई विरोध गर्ने उहाको भनाई थियो ।

संयोजक महतोले सरकारलाई दिएको सर्मथनको वारेमा अव वस्ने पार्टीको वैठकमा गंभिर छलफल हुने वताउनुभयो ।
उहाले सरकार गठन भएको एक वर्ष पुग्न लाग्दापनि आफुहरुको माग प्रती सरकार गंभिर नभएकाले  सरकारलाई दिएको सर्मथन  र्फिता लिने वा नलिने विषयमा आगामी वठकले निर्णय गर्ने वताउनुभयो ।

 संयोजक महतोले लोकतान्त्रीक मुल्य अनुसार सरकार चल्न नसकेको वताउनुभयो । उहाले मुलुकमा हत्या , हिंसा, वलत्कारका घटना चौतर्फी रुपमा वढदै गएपनि  सरकारले त्यसलाई नियन्त्रणगर्न नसकेको आरोप लगाउनुभयो । उहाले  दुई तिहाईको वलियो सरकार भएकाले जनताले अनुभुतिगर्ने गरी  काम गर्नुपर्ने वताउनुभयो ।

एक प्रश्नमा उहाले संघिय समाजवादी फोरम र राजपा विच एकताको संभावना  नरहेको वताउनुभयो । उहाले एकताका लागी निति र नियत ठिक हुनुपर्नेमा जोड दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.