Websoft University

मोरटसाईकलको ठक्करबाट महिलाको मृत्यु


पाँचथर, मंसिर १९ गते । रातो तारा डट कम,पाँचथरको फिदिम नगरपालिका-३ लाकीखर्कमा मंगलवार मोटरसाईकलकोठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । अपरान्ह सवा ४ बजेको समयमा
मेची राजमार्ग अन्तर्गत बिर्तामोडबाट फिदिम तर्फ जाँदै गरेको बा ९५ प ९३१९ को मोटरसाईकलले सोही स्थान बस्ने पैदलयात्री वर्ष ४५ की विमला कुमारी राईलाई ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल पाँचथर हुँदै थप उपचारको लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। त्यसैगरी मोटरसाईकलको पछाडी सवार सोही ठाउँ बस्ने वर्ष २८ को संगम योङाहाङ समेत घाइते भई पाथिभरा अस्पताल पाँचथरमा उपचार भईरहेको छ, भने मोटरसाईकल चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.