Websoft University

समयमा उपचार नपाएर सुत्केरी महिलाको मृत्यु

{फायल फोटो}

श्याम राई÷उदयपुर—गाईघाट,मंशिर १९ गते । रातो तारा डट कम,बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–६ की १९ वषिया संझना राईको सोमबार स्थानीय स्वास्थ्य चौकीमा मृत्यु भएको हो । सुत्केरी गराउन रामपुरस्थीत वर्थिङ्ग सेन्टरमा ल्याउँदै गर्दा महिलाको बाटैमा मृत्यु भएको स्थानीय भरत घिमिरेले बताए ।

मृतक महिला केही दिन अघि स्वास्थ्य चौकीमा स्वास्थ्य अवस्था चेकजाच गर्न आएकी थिईन् । चिकित्सकले बच्चा उल्टो रहेकोले सुविधा सम्पन्न अस्पतालमा जान ति महिलालाई भनेका
थिए । तर आर्थिक अवस्था कमजोर रहेकोले उनी अन्यत्र जान नसकेको बेलकाका मेयर दुर्गा थापाले बताए ।

श्रीमान् पैसा जुटाउन गाउँभरी चाहार्दै हिडेको बेला व्यथा लागेर छटपटाई रहेकी ति महिलालाई प्रसुती गराउन स्वास्थ्य चौकीमा ल्याउँदै गरेको बेला बाटैमा मृत्यु भएको छिमेकी सनमाया राईले बताईन् ।

स्वास्थ्य चौकी पु¥याउन नपाई बाटैमा उनको मृत्यु भयो । उनले भनिन् । राम्रो अस्पतालमा उपचार सेवा पाउन नसकेको कारण महिलाले अकालमा ज्यान गुमाउनु परेको उनले बताईन् ।
१३ वर्षकै उमेरमा ति महिलाले भागी विवाह गरेकी थिईन् । मृतक महिला की एक अढाई वर्षकी छोरी समेत रहेको उनले बताईन् ।

मेयर थापाले नगरमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र नहुदा वर्षेनी केही संख्यामा गर्भवती महिलाको मृत्यु हुने गरेको बताए । उनले सुरक्षित प्रसुती सेवाको लागि नगरपालिकाले स्वास्थ्य चौकीमा भौतिक सामाग्री थप गर्ने र दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागेको बताए । एक महिना भित्रै स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न गराउने लक्ष्य लिएका छौ ।

अब कुनै पनि गर्भवती महिलाले बच्चा जन्माउन नसकेर अकालमै मृत्यु नहोस भनेर काम शुरु गर्न लागेका छौ । मेयर थापाले भने । मृतक महिलाको परिवारलाई १० हजार आर्थिक सहायता उपलब्ध गराईएको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.