Websoft University

कृषि सहकारी संस्था.लि. ले २० औ बार्षिक साधारण सभा सम्पन्न गर्यो



शिव भट्टराई -मोरङ मंसिर १९ गते । रातो तारा डट कम,
मोरंङको ग्रामथान गाउपलिका-२,झोराहाटमा रहेको साना किसान कृषि सहकारी संस्था.लि. ले २० औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ।

साधारण सभा साना किसान कृषि सहकारी संस्था सुन्दरपुर मोरंङका अध्यक्ष साथै कृषि सहकारी संघ मोरंगका सचिव रविन्द्र आचार्यको प्रमुख आतिथ्यतामा र संस्थाका अध्यक्ष सजनलाला माझीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रम सोही संस्थाका प्रबन्धक बासु घिमिरेद्वारा संचालन भएको थियो। साधारण सभामा प्रमुख अतिथि रविन्द्र आचार्य , विशिष्ठ अतिथि साना किसान बैंक इटहरीका कार्यालय प्रमुख योगराज दाहाल त्यसैगरी सो संस्थाका संचालक समितिका सदस्य राम प्रसाद न्यौपाने लगायतले यस संस्थाको स्तर उन्नतिका लागि सुभकामना दिएका थिए।

यस संस्थाले उत्कृष्ठ अंक ल्याउने सेयर सदस्यका छोराछोरलाई सम्मान गरेको छ। यस संस्थाले अहिले सम्म जम्मा २६ लाख ३१ हजार ३सय ७५ सेयर पूँजी बनाएकोछ ।

त्यसैगरी संस्थाले अहिले सम्म १४ लाख २५ हजार नाफा गरेको छ भने ४८६ सेयर सदस्य बनाउन सफल भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.