Websoft University

भारत तर्फ निर्यात गर्दै गरेको डिजल सहित १ पक्राउ

Image result for डिजल
मोरङ, पौष २ गते । रातो तारा डट कम,“सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण” गर्ने अभियान अन्तर्गत प्रहरीले आइतवार अन्दाजी १ लाख ३ हजार मूल्य बराबरको डिजल सहित १ युवकलाई पक्राउ गेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को ३० प ७३८५ नम्बरको मोटरसाईकमा राखेर नेपालबाट भारत तर्फ निर्यात गर्दै गरेको अवस्थामा मोरङ जहदा गाउँपालिका-३ बस्ने बर्ष २० को संजय टुडुलाई पक्राउ गरेको हो । 

बिहान साढे ९ बजे विराटनगर महानगरपालिका- १५ बाट पक्राउ परेका टुडुलाई बरामद डिजल सहित आइतवार बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.