Websoft University

लागूऔषध सहित युवक पक्राउ

Image result for लागूऔषध सहित युवक पक्राउ
झापा, पौष २ गते । रातो तारा डट कम,झापाको दमक नगरपालिका-७ बसपार्कबाट प्रहरीले लागैषध सहित आइतवार १ युवकलाई पक्राउ गरेको छ । अपरान्ह साढे ४ बजेको समयमा लागूऔषध लुपिजेसिक,
फेनरागन, डाईजेपाम- १०/१० एम्पुल सहित गौरादह नगरपालिका-१ डिपु चौक बस्ने बर्ष २१ को प्रशान्त श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारि बरामद गरेको हो । बरामद लागूऔषध सहित श्रेष्ठलाई दमकमा राखि थप
अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.