Websoft University

ताप्ती गाउँपालिकाले सार्वजनिक क्षेत्रमा मदिरा सेवन र विक्रि वितरणमा रोक लगायो


श्याम राई, उदयपुर-गाईघाट  पौष २ गते । रातो तारा डट कम,मदिराको विक्रि वितरण र सेवनले गाउँमा विक्रिति फैलिएको भन्दै उदयपुरको ताप्ती गाउँपालिकाले सार्वजनिक क्षेत्रमा मदिरा सेवन र विक्रि वितरणमा रोक लगाएको छ ।

उक्त गाउँपालीका भित्रको सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यलय, बैंक आसपासको क्षेत्रमा आईतबार देखि मदिरा विक्रि वितरण र सेवनमा प्रतिबन्ध लगाईएको हो ।

गाउँपालीकाले लगाएको उक्त नियम उल्लङघन गर्नेलाई दण्ड जरिवाना समेत गर्ने निर्णय गरिएको गाउँपालीका का अध्यक्ष उद्धव सिंह थापाले बताए ।

गाउँपालीकाको अगुवाईमा रुपटारको ताप्ली मा शनिबार बुद्धिजिवि, समाजसेवी, राजनैतिक दलका प्रतिनिधि, प्रहरी, शिक्षक र स्थानिय बासिन्दाको उपस्थितिमा उक्त निर्णय गरिएको उनले बताए ।

उनले नियम उल्लङघन गरी मदिरा विक्रि वितरण गर्ने र सेवन गर्नेलाई १ हजार जरीवाना गरी १२ घण्टा प्रहरी हिरासतमा राखिने नियम बनाईएको बताए ।

त्यसैगरी सवारी भाडादर समेत नयाँ लागु गरिएको छ । गाउँपालीका भित्र संचालित यातायात साधनले मनपरी रुपमा यात्रुसँग चर्को भाडा लिने गरेको गुनासो आएपछि नयाँ भाडादर तोकिएको अध्यक्ष थापाले बताए ।
                                                 

















                                                                                                                             

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.