Websoft University

बेग्ला-बेग्लै स्थानमा आगलागी, १६ लाख बराबरको क्षति


सुनसरी, मोरङ, पौष १ गते । रातो तारा डट कम,
सुनसरी र मोरङ जिल्लामा भएको बेग्ला-बेग्लै आगलागीबाट अन्दाजी १६ लाख मूल्य बराबरको क्षति भएको छ । सुनसरीः-सुनसरीको धरान उप-महानगरपालिका-१२ सब्जीमण्डी बस्ने अमन श्रेष्ठको घरमा आगलागी हुँदा अन्दाजी ११ लाख मूल्य बराबरको क्षति भएको छ ।

गए राति साढे १२ बजेको समयमा श्रेष्ठको घरमा कोठा भाडा लिएर धरान-१६ बस्ने दिलिप नेपालीले संचालन गरेको टेलर्स र धरान २ बस्ने सन्ध्या श्रेष्ठले संचालन गरेको ब्युटी पार्लरमा बिद्युत सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट टेलर्समा भएको लुगा सिलाउने मेशिन-४ थान, इन्भटर-१ थान, फर्निचरको सामान, सिलाउन राखेको कपडा त्यसैगरी ब्युटी पार्लरमा भएको सामान र नगद ११ हजार जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मोरङः-मोरङको लेटाङ नगरपालिका-३ कमलपुरमा शनिवार बिहान आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । बिहान साढे १० बजे खाना पकाउने क्रममा आगलागी हुँदा सोही स्थान बस्ने कर्ण बहादुर राईको बाँसको बेरा, टिनको छाना भएको १ तले घरमा आगलागी भएको थियो ।

आगलागीबाट घरभित्र रहेको लत्ता कपडा,भाडा वर्तन, सुन २ तोला, चादी ५ तोला, धान ५० मुरी, नगद ५० हजार र २ वटा चौपाया जलेर नष्ट भएको हो । उक्त आगलागी इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरीको टोली खटि गई स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.