Websoft University

विद्यालयले बिभिन्न खेलकुद प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई प्रशंसापत्र र नगद पुरस्कारले सम्मान गर्यो


इटहरी, पुस १ गते । रातो तारा डट कम,इटहरीको जनता माध्यमिक विद्यालयले बिभिन्न खेलकुद प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई आइतबार सम्मान कार्यक्रमको आयोजना गरेको छ । विद्यालयले तीनजना विद्यार्थीलाई प्रशंसापत्र र नगद पुरस्कारले सम्मान गरेको हो ।   

सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुकेश मल्लिक, अविनाश चौधरी र भीमा लिम्बूलाई विद्यालयको गरिमालाई उच्च राख्न सफल भएको भन्दै प्रशंसापत्र प्रदान गरिएको छ । उनले भारतको मणिपुरमा भएको चौथो अन्तर्राष्ट्रिय थाङ्ग–ता च्याम्पीयनसिपमा एक स्वर्ण र एक रजत पदक जितेका थिए । यो प्रतियोगिता गत नोभेम्बर २४ देखि २७ सम्म सञ्चालन भएको 
थियो । प्रतियोगिताको आयोजना विश्व थाङ्ग–ता विश्व फेडेरेशनले गरेको हो । 

साथै सोही प्रतियोगितामा दुई रजत पदक विजेता अविनाश चौधरीलाई पनि प्रशंसापत्र प्रदान गरिएकोछ । उनी पनि सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत छन् । त्यसैगरी, भीमा लिम्बूलाई पनि प्रशंसापत्र प्रदान गरिएको
छ । उनले गत मंसिर ८ गते भएको खुल्ला म्याराथुन प्रतियोगिताको ५ किलोमिटर दौडमा प्रथम स्थान हासिल गरेकी थिइन् । 

सो प्रतियोगिताको आयोजना नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरीले गरेको थियो । उनी जनता माध्यमिक विद्यालय मानविकी तर्फ कक्षा ११ की छात्रा हुन् । तीनैजना विद्यार्थीहरुलाई नगद पुरस्कार पनि प्रदान गरिएको छ । मुकेश मल्लिकलाई ३ हजार १ सय, अविनाश चौधरीलाई २ हजार १ सय प्रदान गरिएको छ । 

त्यसैगरी, भीमा लिम्बूलाई पनि २ हजार १ सय प्रदान गरियो । वडा नम्वर ९ ले जनही एघार सय र विद्यालयकी शिक्षिका होमा भण्डारीले नगद एक हजारले पुरस्कृत गरेका छन् ।  सो अवसरमा इटहरी उपमहानगरपालिकाका प्रमुख अतिथि द्वारिकलाल चौधरीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन आफूहरुले भरपूर सहयोग गर्ने बताए । 

त्यसैगरी सम्मान कार्यक्रमको अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काँशीनाथ दङ्गालले प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई धन्यवाद दिदै सम्पूर्ण विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा आफू लागि परेको बताएका थिए । साथै सोही विद्यालयका शिक्षक ज्योती कोइरालाले पदक विजेता विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । 

सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छत्रपति ढुङ्गेल, वडा नम्बर ९ का वडा अध्यक्ष भुपेपन्द्र बराल, वडा सदस्य कुमारी न्यौपाने, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरुको सहभागिता थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.