Websoft University

भानु कलेजले विद्यार्थीलाई कानुनी अभिमुखीकरण गरायो


बिराटनगर मंसिर २७ गते । रातो तारा डट कम,विराटनगर ९ मा रहेको भानु कलेजमा अध्ययनरत विद्यार्थीलाई वातावरणीय न्याय सम्बन्धीत सचेतनामुलक एक दिने अभिमुखीकरण सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बार एशोसिएसन वातावरण कानुन समितीका सम्योजक अधिवक्ता पदमबहादुर श्रेष्ठले अहिले भइरहेको प्रदुषण र यसले मानीसको स्वास्थ्इ तथा वातावरणमा परेको प्रतिकुल असर तथा यसलाई कसरी निराकरण गर्नको निम्ती विभिन्न किसिमको कानुन सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

कलेजका प्रिन्सिपल देवेश प्रधानले यस्ताखाले कार्यक्रमले विद्यार्थीहरुले अहिले विराटनगरमा भएको वातावरणको बारैमा तथा यसलाई कसरी निराकरण गर्न सकिन्छ जस्ता कुराको ज्ञान आर्जन गरेको बताए ।

कार्यक्रमा कलेजका सञ्चालकद्वय प्रा.डा. दामोदर थापा र मोहन श्रेष्ठ उपस्थीत रहेका थिए । कार्यक्रममा कक्षा १२ विज्ञान संकायमा अध्ययनरत ६५ जना छात्र छात्राहरुको सहभागी रहेको कलेजले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.