Websoft University

उदयपुर र झापामा आगलागी बाट ठुुलो क्षति

फायल फोटो-
बिराटनगर, मंसिर २६ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिका-८ घुम्ती शिरिसेमा बुधबार बिहान ३ वटा घरमा आगलागी हुँदा अन्दाजी ८ लाख मूल्य बराबरको क्षति भएको छ ।

बिहान करिब साढे ३ बजेको समयमा सोही स्थान बस्ने कृष्णलाल श्रेष्ठको फूसको छाना भएको १ तले घर, नगद १५ हजार, किराना सामान, अन्नपात, लत्ताकपडा, भाँडावर्तन सहित अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको छ ।

त्यसैगरी दिल बहादुर श्रेष्ठको फूसको छाना भएको १ तले घर र काठपात सहित अन्दाजी १ लाख मूल्य बराबरको क्षति भएको छ । साथै मकर बहादुर श्रेष्ठको फूसको छाना भएको १ तले घर, नगद ३ हजार, लत्ताकपडा, भाँडावर्तन र अन्नपात सहित अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागी भएको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई दमकल र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

झापा:-
झापाको कमल गाउँपालिका-७ बस्ने मान बहादुर खड्काको टिनको छानो भएको काठको बेरा लगाएको २ तले घरमा आगलागी हुँदा अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको छ । बिहान करिब सवा ७ बजे खोले पकाउने क्रममा अचानक आगलागी हुँदा खड्काको २ वटा घर, १ तले गोठ, काठपात, पराल, धान र लत्ताकपडा जलेर नष्ट भएको छ ।

उक्त आगो दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र  स्थानीयवासीको सहयोगमा बिहान साढे ९ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.