Websoft University

बनभोजबाट फर्किएको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ८ घाइते


उदयपुर, मंसिर २८ गते । रातो तारा डट कम,उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ बलम्तामा बिहीवार बनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन ा

राती साढे १० बजे बनभोज खाएर सिरवानीबाट बलम्ता तर्फ आउँदै गरेको स १ त ७३२३ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल
खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि ट्याक्टरका चालक उदयपुर लिम्चुङबुङ
गाउँपालिका-४ बस्ने वर्ष २२ को सुबिन राई र सोहीट्याक्टरमा सवार वर्ष २४ को पबन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

साथै सोही ट्याक्टरमा सवार सोही स्थान बस्ने बर्ष ३१ को बिषु राई लगायत ८ जना घाइते भएका छन् । दुर्घटनामा घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर
पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.