Websoft University

सेन्ट्रल मल्टीप्लेक्स सिनेमाहलको राष्ट्रिय कलाकारहरु द्घारा उदघाटन


 

बिराटनगर,मंसिर २८ गते । रातो तारा डट कम, १ नम्वर प्रदेशको राजधानी बिराटनगरको मुटुमा करिव ०–१५–१÷२ साडे पन्ध्र कट्ठा जग्गाको क्षेत्रफलमा १०० करोडको लागतमा बनेको स्ट्रीट लेन डिजाइनको सेन्ट्रलमहल सगै जोडिएको रू ११ करोड लागतमा बनेको सेन्ट्रल मल्टीप्लेक्स सिनेमाहलको राष्ट्रिय कलाकार दिपक गिरी,दिपा श्री लगाएतले सयुक्त रुपमा रिवन काटेर उदघाटन गरेका छन ।

उक्त सिनेमा हलमा आधुनिक र उच्चप्रविधिका इलेक्ट्रोनिक सफटवायर जडान गरि टुडी र थ्रिडी स्क्रीकमा नेपाली र हिन्दी अग्रेजी लगाएतका चलचित्र भोलिबाटै व्यवसायिक रुपमै प्रदर्शनमा ल्याइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

हल संन्चालनमा आए पछि प्रत्यक हलमा २५०–२५० का दरले दर्शकहरुले एकै साथ सिनेमा हेर्न सक्ने छन भने टिक दर रु २५० देखि ५०० सम्म रहने बताइएकोछ ।

स्ट्रीट लेन डिजाइनको सेन्ट्रलमहल संन्चालनमा आउन करिव एक महिना लाग्ने पत्रकार सम्मेलनमा बतायो भने पुरै महल संन्चालन हुदा करिव १०० पसल हरु रहने र करिव तीन सय करोडको व्यापार आउने छ भने प्रत्यक्ष ४०० सय जनाले रोजगारि पाउने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.