Websoft University

टिफरको ठक्करले एक मोटरसाईकल यात्रीको घटना स्थलमै मृत्यु


गाईघाट,मंशिर १० गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित जलजले मुर्कची सडक खण्डको गुन्टेमा आईतबार राती टिफरको ठक्करले एक मोटरसाईकल यात्रीको घटना स्थलमै मृत्यु भएको छ ।
कसमस सिमेन्टको चुनढंगा बोक्ने बा. ३ ख ६११५ नम्बरको टिफरले पछाडीबाट ठक्कर दिदा स ५ प ३१२७ नम्बरको मोटरसाईकल पछाडी बस्ने १८ वर्षिय सोनम राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एस.पी. चन्द्र देव राईले बताए ।

मोटरसाईकल चालक भुपेन्द्र राई सामान्य घाईते भएकोले उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । चुनढुंगा बोकेको तिब्र गतिमा हुकिएको टिफरले पछाडीबाट मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । राती ९.३० बजे भएको उक्त घटनापछि टिफर फरार रहेको थियो । ठक्कर दिने टिफर पहिचान नभएपछि प्रहरीले कसमस सिमेन्टको चुनढुंगा बोक्ने एक दर्जन टिफरलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि विहान ८ बजे ठक्कर दिने टिफर पत्ता लागेको थियो ।

युवकको मृत्यु पछि स्थानीयले रातीदेखि नै उक्त सडकमा चल्ने टिफरलाई संचालन हुन देका छैनन् । तिब्र गतिमा चल्ने टिफरको कारण सडक दुर्घटना बढेको र मृतक परिवारलाई क्षतिपूर्ति र चालकलाई कार्यवाहीको माग राखी स्थानीयको सडक अवरोधले सोमबार विहानदेखि जलजले–मुर्कुची सडक खण्डमा सवारी साधन चल्न सकेको छैन ।

उदयपुरको उदयपुरगढी गाउँपालिकाको वडा न. ४ र ८ स्थित सरुने गाउँबाट कसमस सिमेन्टले चुनढंगा ल्याउने गरेको छ ।
चुनढंगा बोक्न एक दर्जन बढी टिफर दैनिक उक्त सडक खण्डमा चल्दै आएको छ । प्रहरीले टिफर र चालकलाई नियन्त्रणमा लिएको छ ।
श्याम राई÷उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.