Websoft University

छुट्टाछुट्टै सडक दुर्घटनामा ५ को मृत्यु, ३ घाइते


बिराटनगर, मंसिर १० गते । रातो तारा डट कम,१ नम्बर प्रदेश अन्तर्गत मोरङ, उदयपुरमा आइतवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
यो बिज्ञापन पनि हेर्नुस् है.......

मोरङः- मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा आईतवार बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा दिउँसो ३ बजेको समयमा पश्चिम तर्फ आउँदै गरेको गरेको को १ ख ४०१४ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको को २१ प ७९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा सोही मोटरसाईकलले अगाडि जाँदै गरेको  मे ६ प ४९७५ नम्बरको मोटरसाईकललाई समेत ठक्कर दिएको थियो ।

दुर्घटनामा को २१ प ७९५ नम्बरको मोटरसाईकलका चालक उर्लाबारी नगरपालिका-४ बस्ने बर्ष-२५ को सुदन मादेन र मोटरसाईकलको पछाडी सवार मोरङ मिक्लाजुङ गाउँपालिका-५ बस्ने बर्ष २८ की गोपी राई गम्भीर घाइते भई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा थप उपचारको लागि मादेनलाई  नोवेल अस्पताल र राईलाई बिराट नर्सिङ होम बिराटनगर पठाईएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
त्यसैगरी  मे ६ प ४९७५ नम्बरको मोटरसाईकल चालक पथरी  शनिश्चरे नगरपालिका-१ वस्ने वर्ष ४० को डिल्लीराम गौतमको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

उदयपुरः-  उदयपुरको बेलका नगरपालिका-९ खारखोलामा मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बिहान ५ बजे चतरा-गाईघाट सडक खण्डमा सेतीखोलाबाट रामपुर तर्फ आउँदै गरेको को. २२ प. ८२८८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो ।

दुर्घटनाम परि मोटरसाईकलमा सवार चालक सुनसरी बराह नगरपालिका-६ बस्ने बर्ष ४५ को शैलेस माझी र पछाडी सवार सोही ठाउँ बस्ने बर्ष १७ को जितेन राई गम्भीर घाइते भएका थिए । दुर्घटनामा घाइते दुबै जनालाई उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा माझीको सोही अस्पतालमा मृत्य भएको हो भने राईको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

साथै त्रियुगा नगरपालिका ७ जलजलेमा तत्काल नम्बर नखुलेको ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । आइतवार राती साढे ९ बजे जलजले-मुर्कुची सडक खण्डको कोन्टे भन्ने स्थानमा  नम्बर नखुलेको ट्रिपरले स ५ प ३१२७ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकलको पछाडी सवार त्रियुगा नगरपालिका-७ कसारे बस्ने बर्ष १८ को सोनम राईको घटना स्थलमा नै मृत्यु भएको हो भने चालक सोही स्थान बस्ने बर्ष १८ को भुपेन्द्र राई घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालक तत्काल फरार रहेकोले खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ । मृतकको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको
छ ।
झापाः- झापाको कमल गाउँलिका ५ मंगलबारेमा आइतवार बलेरो गाडीको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । राती साढे ७ बजेको समयमा गौरीगंज पाडाजुँगी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे.१ च.३१७९ नम्बरको बलेरो गाडीले पैदलयात्री गौरीगंज गाउँपालिका-२ कोरोबारी बस्ने बर्ष ३५ को लुखीराम हेम्ब्रम (सतार) लाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते उनलाई उपचारको लागि दमक स्थित लाईफ-लाईन अस्पताल पठाएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । ठक्कर दिने बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.