Websoft University

भरतमोहन अधिकारलाई बिराटनगरमा आज नागरिक अभिनन्दन


विराटनगर,मंसिर १ गते । रातो तारा डट कम,नेकपाका नेता एव पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई आज विराटनगरमा भव्य नागरिक अभिनन्दन गरिएकोछ । ८२ बर्षीय अधिकारीलाई जेष्ठ नागरिक सम्मानसहित बिराटनगरमा नागरिक अभिनन्दन गरिएकोहो ।

भरतमोहन अधिकारी अभिनन्दन मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रमुख डां गोविन्द सुब्वाले विषेश कदर पत्र, मुख्यमन्त्री शेरधन राईले टोपी र दौसल्ला ओढाएर अधिकारीलाई सम्मान गरेका थिए ।

प्रदेश प्रमुख डा. सुब्बाले नेपाली राजनितिप्रति प्रतिवद्ध र इमान्दार छवि बनाउन सफल कर्मठ व्यक्ति भएको भन्दै अधिकारीको प्रशंसा गरेका छन् । मुख्यमन्त्री शेरधान राईले अधिकारी आफनो राजनीतिक जीवनको प्रेरणको स्रोत भएको बताए । ०६२र०६३ को जनआन्दोलन, संविधान लेखन लगायतमा अधिकारीको योगदानलाई मुलुकले भुल्न नसक्ने उनले बताए ।

अभिन्दित अधिकारीले धेरै कारणले विराटनगरको आफनै गरिमामय इतिहास रहेको भन्दै विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी बनाउन माग राखे । उनले भने ‘मेरो योगदानलाई कद गर्दै मलाई सम्मान गर्नु भयो । म ज्यादै खुसी भए । म तापाईहरुलाई के अनुरोध गर्न चाहन्छु भने प्रदेश एकको अस्थायी राजधानी विराटनगरलाई अब पूर्ण राजधानी बनाऊँ ।’

मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउनुपर्ने भन्दै उनले अहिले सबै मिल्नुपर्ने बताए ।
२०४६ सालको राजनीतिक आन्दोलन अगाडिसम्म विराटनगरमा ल र्फम चलाएर बसेका अधिकारी आन्दोलनसँगै पूर्णकालीन राजनीतिमा लागेका थिए ।

मनमोहन अधिकारी नेतृत्वमा बनेको नौ महिने सरकारमा अर्थमन्त्री रहेका अधिकारीलाई ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने कार्यको प्रारम्भ गराएको श्रेय पनिजान्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.