Websoft University

गाँजा सहित १ पक्राउ


तेह्रथुम, मंसिर १ गते । रातो तारा डट कम,तेह्रथुमको लालीगुराँस नगरपालिका-४ बाट प्रहरीले  शुक्रबार लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थाई प्रहरी पोष्ट चित्रेबाट खटिएको प्रहरी टोलीले गाँजा सहित धनकुटा शहिदभूमी गाउँपालिका-२ बस्ने बर्ष ६५ को पूर्ण राईलाई पक्राउ गरेको हो ।

राईलाई दिउँसो २ बजेको समयमा फुलेकबाट चित्रेतर्फ पैदल हिडिरहेको अबस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा राईले बोकेको झोलामा ५ किलो लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.