Websoft University

अमेरिकी डलर सहित दुई जना पक्राउ परे


काठमाडौ मंगसीर २ गते । रातो तारा डट कम,रसुवा– अबैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ त्रिशुली खोलाबाट २८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–७ टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट गुजरा नगरपालिका–९ सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकासप्रसाद चौधरी छन्।

काठमाडौँबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियोमा नियमित चेकजाँचको क्रममा उनीहरूलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

पक्राउ परेका दुबै जनालाई राजश्व अनुसन्धानमा बुझाइने प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए । श्रीराम चौधरीको साथबाट सनिवार ९ बजे बिहान,रू २६ हजार ८ सय र विकासको साथबाट १ हजार ८ सय अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.