Websoft University

नेताहरुलाई दवाव दिन सिटौला समुहले प्रदर्शन गर्यो

काठमाडौ मंगसीर २ गते । रातो तारा डट कम,नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाईएको नेपाली कांग्रेस पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरुलाई दवाव दिन नेविसंघका दुबै (संस्थापन र पौडेल(सिटौला) समुहले प्रदर्शन गरेका छन् ।

एक सयको हाराहारीमा पुगेका उनीहरुले पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै टिके प्रथाको विरोधमा नाराबाजी गरेपछी निर्धारित समय भन्दा करिव ३ घण्टा पछि बैठक सुरु भएको हो ।

विद्यार्थीले नारावजी गरेपछि प्रहरीले सामान्य बल प्रदर्शन गरी स्थिति नियन्त्रणमा लिएपछी बैठक सुरु भएको छ ।

नेविसंघको पदर्शनमा केन्द्रीय सदस्य शुशिल भट्ट, नेता बलदेव तिमिल्सिना, मोतिलाल भण्डारी लगायतको समुहले नयाँ तदर्थ समिति गठन गरेर अघि बढ्नु पर्ने माग गर्दै नाराबाजी गरेको बताएका छन् ।

दुवै समुहले आ–आफ्नो हितमा निर्णय गराउन पार्टी कार्यालयमा नाराबाजी सहित दबाब दिएपछी उक्त बैठकमा सहभागी हुन केन्द्रिय कार्यालय पुगेका सो पार्टीका सभापति शेर बहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै केही समय नाराबाजी समेत गरेको थिए।

साँझ अबेर शुरू भएको बैठकमा केन्द्रिय समितिको बैठकमा करिब ६० जना केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.