Websoft University

हिरा होटल अगाडीबाट स्कुटर चोरी- खोजी जारी


शिव भट्टराई सुनसरी कार्तिक २० गते । रातो तारा डट कम,
इटहरी ६ स्थित हिरा होटल अगाडीबाट स्कुटर चोरी भएको
छ । इटहरीका गोपाल सुवेदीको को १८ प ९५८० नंम्बरको रातो रंगको स्कुटर दिउसो ४ बजे चोरी भएको हो ।

सुवेदी नास्ता खान हिरा होटल छिरेका करिब २० मिनेट पछि बाहिर आउदा स्कुटर गायब भएको थियो । स्कुटर चोरी भएको स्थान इटहरी मुख्य चौकदेखि सय मिटर पश्चिम निकै व्यस्त रहने एरिया पर्ने गर्छ । चाडपर्वको नाममा प्रहरीले शान्ति सुरक्षा मजबुद बनाएको अवस्थामा सडकबाटै सबारी साधान चोरी हुदा प्रहरीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको सुवेदीले बताए ।

स्कुटर चोरी भएको भन्दै सुवेदीले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन समेत दिएका छन् । प्रहरीले भने स्कुटरको खोजी भइरहेको जानकारी दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.