Websoft University

कैदीको मृत्यु


झापा, कार्तिक २१  गते । रातो  तारा  डट  कम,जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका १ जना कैदीको मंगलबार मृत्यु भएको छ । लागूऔषध मुद्धामा कैद सजाय भुक्तान गरिरहेका झापा विर्तामोड नगरपालिका-७ बस्ने बर्ष ६४ को केशव प्रसाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 करिब बिहान ९ बजेको समयमा किट्नीमा समस्या देखिए पछि उपचारको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा बिहान ११ बजे मृत्यु भएको थियो ।

मृतकको शव कानूनी प्रकृया पुरा गरी सोही अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.