Websoft University

दुहबिमा प्रथम मेयरकप फुटबल प्रतियोगिता हुने निश्चित

शिव भट्टराई-सुनसरी, कार्तिक २० गते । रातो तारा डट कम,सुनसरीको दुहबि नगरपालिकाको आयोजकमा र एलेभन एरोज क्लब दुहबि सुनसरीको संयोजनमा पहिलो पटक ऐतिहासिक वडा स्तरीय फुटबल प्रतियोगिता २०७५ कार्तिक २९ गते हुने निश्चय भएको आज आयोजक द्धरा पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

सो पत्रकार सम्मेलनमा नगर प्रमुख वेद नरायण गच्चदारले विश्वको लोकप्रिय फुटबल खेल भएको हुँदा र स्थानिय तह तथा ग्रास लेबलका खेलाडिहरुलाई प्रोत्साहन तथा स्तर उन्नती र खेललाई व्यवसायिकीकरण गर्ने तिर उद्देश्य रहेको र राष्टिय« तथा अन्तराष्टिय जगतमा दुहबि नगरपालिकाको पहिचान गर्नकोलागी सो खेलको आयोजना गरीएको बताए ।
उक्त्त खेल वडा नं. १ देखी वडा नं.१२ सम्मको टिमले सहभागीता हुने एलेभन एरोजका प्रतिनिधी दिलीप रायले बताए । खेलमा प्रथम हुने सहभागी टिमलाई नगत रु ५१ हजार दोस्रो हुने टिमलाई नगत रु २५ हजार पुरस्कारको व्यवस्था गरीएको छ ।

भने सो प्रतियोगीता कार्तिक २९ गते देखी मंसीर १० गते सम्म श्री सरस्वती मा.वि.को खेल मैदानमा हुने निश्चय भएको दुहबि नगरपालिकाका प्रबक्त्ता बिजय चौधरीले जानकारी दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.