Websoft University

एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल विद्यार्थीलाई शिक्षादीपले सम्मान गर्यो

विराटनगर,कार्तिक २९ गते । रातो तारा डट कम,त्रिभूुवन विश्वविद्यालय महाराजगन्ज कलेज काठमान्डौंमा आईओएम एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल भएका विद्यार्थीलाई शिक्षादीप कलेजलले  सम्मान गरेको छ ।

कलेजजले विहिबार कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजबाट प्लस टु पास गरेका ४ विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

सम्मानित आईओएम एमवीवीएसमा  पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल हुने विकाश विश्वकर्मा र सृजना यादवसहित धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको प्रवेश परिक्षामा उत्कृष्ट हुदै मा  पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल हुने प्रगती मण्डल र अमर पोद्दार सम्मानित भएका थिए ।

मण्डलले विएसी नर्सिङ अध्ययनकालागि पूर्ण छात्रवृद्धि पाएकी हुन भने पोद्दारले विएसी एमआइटीमा नाम निकालेका थिए ।

 उनीहरुलाई विराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुली ,कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का कलेजका कार्यक्रम संयोजक बस्नेतलगायतले सम्मान गरेका थिए ।

यसअघि कलेजमा अध्ययन गर्ने  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस  अध्ययनकालागि सुजन पुरी, मुकेशकुमार मण्डल र कृष्णकुमार दासले पूर्ण छात्रवृति पाएका छन् यस्तो छात्रृवद्धि पाउनेमा शिक्षादिप कलेज प्रदेश १ मा नै पहिलो कलेज भएकोे कलेजको दावि छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.