Websoft University

बालिका एन्जिला हत्यामा संलग्न दुई अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गर्यो


गाईघाट,कार्तिक २९ गते । रातो तारा डट कम,
बाख्रा चराउन गएकी १३ वर्षिया बालिका एन्जिला खड्काको हत्यामा संलग्न दुई अभियुक्तहरुलाई विहीबार प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलनगरि उक्त घटनाबारे जानकारी गराएका हुन । प्रहरीका अनुसार बालिका हत्यामा संलग्न भएका दुई बालक १५ वर्षिय  दिपेन्द्र राई र १७ वर्षिय पदम विर राई चार दिनको अनुसन्धानपछि विहीबार सार्वजनीक गरेका छन् ।

प्रहरीका अनुसार गत शनीबार बालिका खड्का एक्लै घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी थिईन् । बालिका एक्लै देखेर दुई अभियुक्तले बालिका भएको स्थानमा गएर बलात्कारपछि हत्या गरेको अभियुक्तहरुले स्वीकार गरेको अनुसन्धानले देखाएको एस.पी चन्द्रदेव राईले बताए ।

उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षिया बालिका आईतबार मृत अवस्थामा भेटिएकी थिईन् । घरदेखि झण्डै १ सय मिटर उत्तरतर्फ उनको शब भेटिएको थियो । शनीबार बाख्रा चराउन गएकी उनको आईतबार दिउँसो शब भेटिएको थियो । शबको प्रकृती हेर्दा बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

पहिचान खुल्ने त्रासमा समूहगत रुपममा बलात्कारगरि हत्या गरेको हुन सक्ने स्थानीयको दाबी छ । मुखमा नेप्कीन (हात पुछ्ने कागज ) हालेर बोल्न बन्द गरिएको, मल द्धार च्यातिएको, योनी स्थल सामान्य अवस्थामा नरहेको, घाटीमा नङ्ग गाडीएको, शरीरको विभिन्न भागमा घाऊ देखिएकोले बलात्कारपछि हत्या भएको आशंका अनुसन्धानमा खटेका प्रहरी अधिकृतले बताए ।

उनीहरु घटनामा संलग्नहरुको पहिचान भएपछि बालिकाको शब आफन्तहरुले जिम्मा लिई दाह संस्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्याम राई÷उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.