Websoft University

छुट्टा-छुट्टै स्थानमा आगलागी १० लाखको क्षति


बिराटनगर, कार्तिक २९  गते । रातो  तारा डट  कम,१ नम्बर प्रदेश अन्तर्गत मोरङ, खोटाङ र सुनसरी जिल्लामा बुधबार भएको छुट्टा-छुट्टै आगलागीबाट अन्दाजी १० लाख मूल्य बराबरको क्षति भएको छ ।

मोरङः- मोरङको कटहरी गाउँपालिका-६ सितपुरमा बुधबार आगलागी हुँदा अन्दाजी ३ लाख २५ हजार मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट सोही स्थान बस्ने अशोक राजवंशीको फुसको छानो भएको ग्वाली घरमा अचानक आगलागी हुँदा अन्दाजी ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

त्यसैगरी छिमेकी अन्द्र राजबंशीको फुसको छानो भएको १ तले घरमा समेत आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार र दुखाराम राजबंशी घरको एकपाटो छानो जलेर अन्दाजी २५ हजार मूल्य बराबरको क्षति भएको 
हो । करिब दिउँसो साढे १ बजे भएको उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

खोटाङः- खोटाङको बराहपोखरी गाउँपालिका-४ कोछाले बस्ने बीर बहादुर राउतको घरमा मंगलबार दिउँसो अचानक आगलागी हुँदा अन्दाजी ३ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ । दिउँसो १२ बजे भएको उक्त आगलागीबाट राउतको ढुंगा माटोले बनेको २ तले घर, लत्ताकपडा, भाडावर्तन, काठपात लगायत ४
वटा चौपाय जलेर नष्ट भएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो २ बजे पूर्ण नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सुनसरीः- सुनसरीको ईटहरी उप-महानगरपालिका-६ स्थित खगेन्द्र थापा मगरको घरमा मंगलवार साँझ भएको आगलागीबाट अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ । बेलुका ७ बजेको समयमा मगरको टिनको छानो भएको १ तले पक्की घरमा उर्लाबारी नगरपालिका-६ बस्ने डिल्लिराम भटृराईले संचालन
गरेको जुत्ता-चप्पल पसलमा बिद्युत सर्ट भई आगलागी भएको थियो ।

 आगलागीबाट पसलमा भएको जुत्ता-चप्पल र फर्निचरको सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.